मङ्लबार, जेष्ठ ५, २०८३
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • ज्योतिर्गमय पुस्तक बिमोचन

ज्योतिर्गमय पुस्तक बिमोचन

  • सोमवार, जेष्ठ ४, २०८३
ज्योतिर्गमय पुस्तक बिमोचन

काठमाडौ—राजाधानीमा सोमबार ज्योतिर्गमय पुस्तक एक समारोहका बीच बिमोचन गरिएको छ । ज्योतिर्गमय भनेको अन्धकार बाट उज्यालोतिर उत्खनन भन्ने अर्थ लाग्ने गरेको छ । नेपाल शिक्षक प्रधानध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष प्रधानध्यापक सुदाम प्रसाद गौतम यो पुस्तक लेख्नु भएको हो । सामुदायिक बिद्यालयको कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बारेमा देश बिदेशको शिक्षालाई पहिरो रिर्चस गरेर गौतमले यो पुस्तक तयार गर्नु भएको छ ।

ज्योतिर्गमय केवल शिक्षाको बिश्ेलषण होइन यो अन्धकार बाट उज्यालो तर्फको साहसी यात्रा भएको पुस्तकमा उल्लेख गरिएको छ । यसले प्रमाणमुखी शिक्षा माथि उठाउदै जीवनयोगी ज्ञानको खोजी गर्छ । आफनो मौलिकता बाट टाढिदै गएको शिक्षाले कस्तो समाज बनाउदै छ भन्ने गम्भिर बहस र प्रस्तुत गर्दै नीति र ब्यहाबहार बीचको खाडललाई निर्भिकतापूर्बक यो कितावले उजागर गरेको छ । प्राचिन गुरुकुल देखि आधुनिक बिश्वका सफल अभ्याससम्मको तुलना गर्दै यस पुस्तकले नेपाली सन्दर्भमा रुपान्तरणकारी शिक्षा स्पष्ट मार्गचित्र दिएको पाइएको छ । यो पुस्तकको प्रकाशक एडु टुडे प्रा लि काठमाडौ रहेको छ

सामुदायिक बिद्यालयलाई कसरी सुधार गर्न सकिन्छ भन्ने उदेश्यले राष्ट्रिय एजेण्डाको रुपमा मै यो ज्योतिर्गमय नामक पुस्तक लेखेको छु गौतमले जानकारी गराउनु भयो । मैले यो पुस्तक लेख्दा देश र बिदेशको शिक्षा नीति कस्तो छ गौतमले भने कसरी रुपान्तरण गरिएको छ भन्ने बारेमा गहिरो अध्यायन अनुसन्धान गरेर तयार पारेको छु ।

सामुदायिक बिद्यालयलाई परिर्वतन गर्न सकिन्छ भन्ने मेरो प्रत्यक्ष अनुभवलाई यो पुस्तकमा सामाबेश गरेको छु उनको भनाई छ । यो पुस्तकमा ६ वटा अध्याय रहेको उहाले बताउनु भयो । गौतमले लेखेको पुस्तकमा ६ वटा अध्यायहरुमा नेपाली समाज र शिक्षाको बिकासक्रम, नेपालको बर्तमान शिक्षा प्रणालीको समिक्षा, अन्तराष्ट्रिय अनुभव र पाठ, शैक्षिक रुपान्तत्रणको नया“ मार्गचित्र, मार्गचित्रको ब्याबहारिक कार्ययोजना र उपसंहार सिफारिस छन । पुस्तक बिमोचन कार्यक्रममा बोल्दै शिक्षा पत्रकार समुहका पूर्व अध्यक्ष प्रकास सिलवालले लेखक गौतमले गहिरो चिन्तन गरेर यो पुस्तक तयार गरेको बताए ।

अन्धकार बाट उज्यालो तर्फ अर्थ लाग्ने शिर्षक बनाएर पुस्तक लेख्नु भयो यो नै रोचक छ सिलवालको भनाई रहेको छ । शिक्षा मन्त्रालयका पूर्व सचिव हरि लम्सालका अनुसार एक जना प्रधानध्यापकले गहिरो चिन्तन गरेर पुस्तक लेख्नु ठूलो कुरो भएको बताउनु भयो । सामुदायिक बिद्यालयको शिक्षा सुधारको निम्ति यो पुस्तक महत्वपूर्ण कोसेढुंगा भएको उहाको भनाई छ । पूर्व सचिव लम्सालले भन्नुभयो अब शिक्षकहरुले पनि पुस्तक आर्टिकल लेख्नुहोस तपाइले लेखेको पुस्तक आर्टिकलले शिक्षा क्षेत्रमा सुधारमा महत्पूर्ण सुझाव हुने छ । उनले यो पुस्तक पढन सबैलाई आग्रह समेत गरेका छन । कार्यक्रममा सहभागी शिक्षाबिद, प्रध्यापक, पत्रकारले पुस्तकको समिक्षा सहित महत्पूर्ण सुझाव सल्लाह दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार