काठमाडौ —ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सर्बसाधारण लागि बन्द गरिएको छ । चिडियाखाना भित्र रहेका पंक्षिहरु काग र परेवाहरुमा बर्डफ्लु संक्रमण देखा परेपछि सम्भावित जोखिम न्यूनिकरण र संक्रमण नियन्त्रणका लागि अर्को सुचना जारी नभएर सदर चिडियाखाना बन्द गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षणले सुचना जारी गरि चिडियाखाना भित्र रहेका पंक्षिहरुमा बर्डफ्लु सङ्क्रमण देखा परेपछि अर्को सुचना जारी नभए सम्मका लागि बन्द गरिएको जनाएको छ । देखा परेको संक्रमणमा न्यूनिकरणका लागि चिडियाखाना प्रशासनले थप कडाई गरिएको छ । संक्रमणको अबस्था मुल्याकन गरि आबश्यक स्वास्थ्य सुरक्षा पुरा भएपछि मात्र पुन सदर चिडियाखाना संचालन गर्ने तयारी गरिएको छ ।
सदर चिडियाखाना नेपालकै अवलोकन मध्ये एक हो जहा दैनिक सयौ आगन्तुकहरु चिडियाखानाको अबलोकन र भ्रमण गर्ने गरेका छन । ्आन्तरिक पर्यटकको प्रमुख गन्तब्य मानिएको सदर चिडियाखाना बन्द गरेपछि अहिले सुनसान देखिएको छ ।