मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • मनसुन सक्रिय आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मङ्लबार, असार १६, २०८३
मनसुन सक्रिय आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ —आज र भोलि देशका विभिन्न ठाउमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही भुभाग र केहि कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार