सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्दै छ,: अध्यक्ष निर्मला शर्मा

सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्दै छ,: अध्यक्ष निर्मला शर्मा

  • आइतवार, असार २१, २०८३
सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्दै छ,: अध्यक्ष निर्मला शर्मा

काठमाडौ —नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यम प्रतिको दृष्टिकोण संकुचित भएको बताएकी छन् आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्न लगेको बताइन् ।
संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरे पनि नयाँ सरकार गठन भएको १०० दिनमा मिडियाप्रति सकारात्मक परिवर्तन नदेखिएको बताएकी छन । संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको छ उनले भनिन तर अहिले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आएको हामीले आभास गरिरहेका छौँ । शर्माका अनुसार राजनीतिक र आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठेको छ । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि, असम्बैधानिक कदमहरु तत्काल रोकोस अध्यक्ष शर्माको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार