काठमाडौ —कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जंगली हातीलगायत बन्यजन्तुको आक्रमण बाट प्रभावित परिवारलाई तत्काल क्षेतिपूर्ती दिलाउने प्रतिबद्धता गर्नु भएको छ । जंगली हात्तीको आक्रमणबाट क्षति पुगेको घर पुनर्निर्माणका लागि समेत सरकारले सहयोग उपलब्ध गराउने मन्त्री गौतमको भनाई रहेको छ । मन्त्री गौतमले भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दुःख व्यक्त गर्दै उक्त प्रतिबद्धता जनाएकी छन ।
घटनास्थलमा स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्दै मन्त्री गौतमले वन्यजन्तुबाट आइलाग्ने समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि आवश्यक निर्देशन समेत दिएकी छन ।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेनको संयोजकत्वमा स्थानीय प्रतिनिधिहरू समेत सम्मिलित एक अध्ययन समिति गठन गर्ने निर्णय भएको मन्त्री गौतमले जनाएकी छन ।
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको जीवन र जीविकोपार्जनसँग जोडिएको यो गम्भीर चुनौतीलाई सम्बोधन गर्न नीतिगत परिवर्तन आवश्यक रहेको मन्त्रीको भनाइ छ। शनिबार राति गएको निकुञ्ज आसपास क्षेत्रमा ध्रुबे हात्तीको आक्रमणबाट भरतपुर–२३ बेलहट्टाकी २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो ।