शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • आज साउन १५ खिर खाने पर्व मनाउदै

आज साउन १५ खिर खाने पर्व मनाउदै

  • शुक्रबार, साउन १५, २०८३
आज साउन १५ खिर खाने पर्व मनाउदै

काठमाडौ —नेपाली समाजमा आज खिर खाएर खुशीयालीका साथ पर्व मनाइदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन रहि आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । बर्खा समय गाई भैसी लेकतिर उल्लिएको हुदा खिर खाने मानिस आज लेकतिरै उक्लिएर गाई भैसीको दुध जम्मा गरि रातो चामलको खिर पकाएर खाने परम्परा छ ।
खसभाषको उदगम स्थिल जुम्ला सिंजामा मार्सि चामलको खिर पकाएर खाने चलन छ । मार्सि चामलको खिर निकै स्वादिष्ट र पोसिलो मानिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउन भगवान् शिवको महिना हो शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन नेपाली समाजमा रहि आएको छ ।

चर्चामा

सम्बन्धित समाचार