
काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले नेपाली कलाप्रेमीले राष्टलाई गुन लगाएको बताएका छन
मंगलबार नेपाली कला सांस्कृतिक प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको परिचयात्मक तथा बिबिध सांस्कृति कार्यक्रम वन मन्त्री शाहीले कलाप्रेमीले राष्टलाई गुन लगाएको बताएका छन ।कला संस्कृति संरक्षण नभए सम्म देशको समृद्धि नहुने भन्दै मन्त्री शाहीले कला संस्कृति संरक्षण सहयोग गर्न सरकार तयार रहेको बताएका हुन । उनले कलाकार राष्टका गहना हुन उहा“को सम्मान गर्न सरकार सदैब तत्पर छ ।
उहा“का अनुसार जात जाति धर्म संस्कृतिमा भरिपूर्ण रहेको नेपालमा कलाप्रेमीले राष्ट्रलाई गुन लगाउनु भएको छ । कर्णाली तथा सुदुरपश्चिम मौलिक संस्कृतिको उदगम थलो रहेको मन्त्री शाहीले भने मौलिक कला संस्कृति जर्गेना गर्न सके पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ । कला साहित्य संरक्षण र प्रर्बद्धन सरकारको लगानी अत्यन्तै न्यून रहेको पूर्ब शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको भनाई छ ।
नेपाली कला सांस्कृति प्रतिष्ठानले कुनाकन्दरामा ओझेलमा परेका संस्कृतिलाई उजार गर्ने उनको भनाई छ । कला सांस्कृतिलाई बचाउन यो प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहने पूर्ब संघीय सभासद पदमा खड्काले भनिन यसले लुकेर बसेका कलाबिद्यालाई अगाडी ल्याउने आसा गरिएको छ । मौखिक कला सांस्कृतिको संरक्षण गर्न यो प्रतिष्ठानको मुल उदेश्य रहेको उपाध्यक्षको भनाई छ । यो प्रतिष्ठानले पुख्र्यौली मागल, चाचरी, झोडा, देउडालाई प्राथमिकता दिने उपाध्यक्ष महेन्द्र बिक्रम मल्लले भने यस प्रतिष्ठानमा सबै क्षेत्र बाट समाबेशी हिसावले प्रतिनिधित्व रहेको छ ।
हाम्रो गौरव हाम्रो शान कला सांस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपालको कला संस्कृतिको संरक्षण तथा अनुसन्धान गर्न उदेश्यले २०८१ सालमा स्थापना गरिएको नेपाली कला सांस्कृति प्रतिष्ठानको मुल उदेश्य रहेको प्रतिष्ठानका सस्थापक अध्यक्ष पदम रोकायाले जानकारी गराए ।
बिगत लामो समय देखि बिबिध सांस्कृति कार्यक्रम बृक्षा रोपण र रारा राष्ट्रिय म्यूजिक अवार्डका कार्यक्रम गर्दै आएको प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानद्धारा आयोजित बिबिध सांस्कृति तथा परिचयात्मक कार्यक्रममा बिभिन्न कलाकारलाई सम्मान गरिएको छ ।