आइतवार, बैशाख २०, २०८३
आइतवार, बैशाख २०, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • आज सातै प्रदेशमा असिना पानी र हावाहुरीको सम्भावना

आज सातै प्रदेशमा असिना पानी र हावाहुरीको सम्भावना

  • आइतवार, बैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानी र हावाहुरीको सम्भावना

काठमाडौ —नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार