सोमवार, जेष्ठ ४, २०८३
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • आजको मौसम ,देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम ,देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • सोमवार, जेष्ठ ४, २०८३
आजको मौसम ,देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौ  – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार