शनिबार, जेष्ठ १६, २०८३
शनिबार, जेष्ठ १६, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • आज सातै प्रदेशमा हावाहुरी चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा हावाहुरी चट्याङ्गसहित वर्षाको सम्भावना

  • शनिबार, जेष्ठ १६, २०८३
आज सातै प्रदेशमा हावाहुरी चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौ —नेपालमा वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
जल तथा मौसम तथा पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ र सातै प्रदेशका केही स्थानहरूमा हावाहुरी चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार