काठमाडौ – राजधानी गएराति बाट हल्का बर्षा भइरहेको छ । मौसममा बदलिई भई राति देखि हल्क बर्षा सुरु भएपछि सितल महसुस भएको छ । केही दिनयता काठमाडौ गर्मी बढिरहेको बेला बर्षा हुदा सितल महसुुस भएको स्थानीय बटुवाहरुको भनाई छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ ।