बिहिबार, असार १८, २०८३
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • कृषि
  • जलवायु परिर्वतनले मुगुमा बदलिँदो कृषि पहिचान स्याउको फेदमा आँप फल

जलवायु परिर्वतनले मुगुमा बदलिँदो कृषि पहिचान स्याउको फेदमा आँप फल

  • बिहिबार, असार १८, २०८३
जलवायु परिर्वतनले मुगुमा बदलिँदो कृषि पहिचान स्याउको फेदमा आँप फल

मुगु जिल्ला भन्नेबित्तिकै हाम्रो मानसपटलमा रारा ताल, चिसो मौसम र रसिलो स्याउको तस्बिर झल्किने गर्छ । मुगुमा हिजोआज एउटा यस्तो चमत्कार भइरहेको छ, जसले रैथाने बासिन्दा मात्र होइन, कृषि विज्ञहरूलाई समेत अचम्ममा पारेको छ। बिशेष गरि स्याउका लागि प्रख्यात मानिएको मुगुमा केही समय यता देखि बेंसीमा लटरम्म आँप फल्न थालेको छ ।

मुगुको समुद्री सतह देखि करिव २८ सय मिटर भन्दा उचाइ भन्दा माथिका बस्तीहरु ताल्चा, बाम, सोरुकोट, खमाले, सोभा, मुन्दु,कोटिला, झयारी, किम्री, डोल्फू, श्रीकोट, लगायत दर्जनौ बस्तीहरुमा लटरम्भ स्याउ फल्ने गरेको छ । कृषि बिकास कार्यालयको रिर्सोट अनुसार मुगुमा बार्षिक २८ मेट्रिकटन सम्म स्याउ उत्पादन हुने गरेको छ ।

समुद्री सहत देखि १२ सय मिटर उचाइमा रहेका बस्ती सुकाढिक, आम, रातापानी बस्तीमा भने आँप पाक्न थालेको छ । सिमित आँप मात्र नभएर मेवा, अम्बा, अनार फल्न थालेपछि किसान ढंग पर्न थालेका छन । मुगुको सुकाढिक बस्तीमा केही बर्षयता देखि हल्का आँप फल्ने गर्थे भने अचेल रुखभरि लटरम्भ आँप फल्न थालेपछि स्थानीय उत्साहित भएका छन । घर आगनमा पाकेका आँप स्थानीय आघा घण्टा पारि कर्णाली करिडोर बजार क्षेत्रमा लिएर बेच्ने गरेका छन । सडक पनि गाउमै पुगिसकेको हुदा स्थानीयलाई बारीमा उत्पादन फलफुल बेच्न दुःख छैन । अहिले सुकाढिक गाउका करिव १६० परिवार भन्दा बढीले बारी आँप फलाइरहेका छन । आप फल्न थालेपछि स्थानीय खुशी भएका छन ।

खत्याडमा मिहिनेत गर्ने कृषकहरुको लागि अनौठो हावापानी छ, खत्याड गाउ“पालिकाका अध्यक्ष अजबहादुर शाही भन्छन स्याउको फेदमा आँप फल्छ ,। उनले स्पष्ट पार्दै भने माथि लेकमा स्याउ फल्छ तल बेशी आँप फल्छ ।
हाम्रो माथि ह्याचुरी लेकमा स्याउ फल्छ तल यो गाउमा आँप फल्छ सुकाढिक गाउ“का खडक खत्रीले सुनाए । यो गाउमा आँप फल्छ भन्दा सुरुमा कसैले पत्याएनन् उनले भने तर अहिले हाम्रै आँगनमा आँप पाकेको देख्दा सपना जस्तै लाग्छ । खत्रीको यो अनुभवले मुगुको बदलिँदो कृषि परिदृश्य र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावलाई प्रष्ट पार्छ । सुकाढिक गाउमा आँप, केरा, अम्बा, अनार, मेवा पाक्ने गरेको स्थानीयको भनाई छ । पहिले आँप खान तराइ जानु पर्ने अहिले घरमै आँप पाक्न थाले सुकाढिक गाउका अगुवा कृषक राजबहादुर कार्कीको भनाई छ ।

भौगोलिक रूपमा मुगु हिमाली जिल्ला भए पनि यहाँको सबै भूभाग चिसो मात्र छैन। मुगुका खत्याड, सोरु र छायाँनाथ रारा नगरपालिकाका केही बेंसी तथा कर्णाली नदीको किनार आसपासका क्षेत्रहरू तुलनात्मक रूपमा होचा र न्यानो हावापानी भएको हुदा तराईमा फल्ने फलफुल उत्पादन हुन थालेको छ । विगत केही वर्षयता विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापक्रममा वृद्धि भएको छ। तापक्रम बढेसँगै पहिले तराई र भित्री मधेसमा मात्र सीमित रहेका फलफूलहरू अहिले हिमाली जिल्ला मुगुमा सर्दै गएका छन ।

हिजो स्याउका लागि चिनिने मुगुका केही बस्तीहरु अहिले तापक्रम वृद्धि भएकै कारण स्याउ लेकतिर सर्दै गएको त्यहा विकल्पमा आँप, केरा, लिची मेवा अम्बा जस्ता उष्णप्रदेशीय फलफूलहरू पाक्न थालेका छन ।
सोरु गाउ“पालिका—४ लिब्रु खातिकुयानी, स्यालधारा, भादगाउमा अचेल अनार लटरम्भ फल्न थालेको छ । तराई जस्तै यहा“ अनार लटरम्भ फल्न थालेको स्थानीय महिला सौमती बुढाले बताइन । बोट रोप्दा अनार फल्दैन होला जस्तो लागेको थियो तर ठूला दाना लटरम्भमै फल्यो ।

बारीमा फलेका अनार पारि कर्णाली करिडोर बजारमा लिएर बेच्न गरेको उनले सुनाइन । बिशेष गरि हुम्ला कर्णाली नदीका छाल नजिक बस्तीहरुमा यिनी फलफल उत्पादन हुने गरेका छन । कर्णाली करिडोर सडकले गर्दा कृषकलाई बारीमा उत्पादन भएका फुलफुल बेच्न कुनै गाह्रो अबस्था नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।

सुरु–सुरुमा केही स्थानीयले परीक्षणका लागि तराईबाट आँपका बिरुवा ल्याएर रोपेका थिए । रोपेको केही वर्षमै ती बिरुवाले फल दिन थालेपछि स्थानीय कृषकहरूमा नयाँ उत्साह थपिएको छ। अहिले खत्याड सुकाढिकका कृषकहरूले आफ्नो घरमै फलेको आर्गानिक आँपको स्वाद लिन पाइरहेका छन ।
स्याउ देखि आँप फल्ने यो परिवर्तन सरसरती हेर्दा सकारात्मक र रोचक देखिए पनि यसले एउटा गम्भीर चुनौतीलाई पनि सङ्केत गर्छ। हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा यहाँको रैथाने स्याउ खेती बिस्तारै अझै माथिल्लो उचाइतर्फ धकेलिन थालेको छ। । यसले पर्यावरणमा परिरहेको गम्भीर असरलाई देखाउँछ।

तर अर्कोतर्फ, यसले स्थानीय अर्थतन्त्रमा विविधीकरणको नयाँ ढोका पनि खोलेको छ । यदि सरकारले मुगुका यी तल्लो बेंसी क्षेत्रहरूलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक आँप खेतीका लागि अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने हो भने, मुगु आँप उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ। । मुगुमा स्याउको फेदमा आँप फल्नु प्रकृतिले दिएको एउटा अनौठो उपहार र चुनौती दुवै हो ।

यस बदलिँदो परिवेशलाई सही ढङ्गले व्यवस्थापन गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग गर्न सके मुगुले भविष्यमा ’स्याउ देखि र आँप, अनार, मेवा, अम्बा, केरा लगायत फलफुल बाट मात्रै आत्मनिर्भर बन्न सक्ने आसा गरिएको छ । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पनि यस्ता फलफुल हुने बस्तीलाई पहिचान गरि गरि कृषकलाई आधुनिक औजार देखि बजेट अनुदानको ब्याबस्था गर्नु पर्छ । फोटो सहयोग कविराज कार्की  मुगु

चर्चामा

सम्बन्धित समाचार