मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा भक्तजनको भीड

  • सोमवार, साउन ४, २०८३
आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा भक्तजनको भीड

काठमाठौ —साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा भत्तजनहरुको पुजापाठको लागि भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छ । मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि भीड लागेको छ । हनुमान ढोका क्षेत्रमा रहेको शिवमन्दिरमा पनि भक्तजनको घुइचो लागेको छ । साउन हरियाली महिना बिशेष गरि शिवजीको पुजापाठ गरिन्छ । पशुपतिनाथ लगायत काठमाडौ क्षेत्रका बिभिन्न शिवमन्दिरहरुमा पुजापाठको लागि भक्तजनको घुइचो देखिएको छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ । मुगु जिल्लाको प्रशिद्ध चैन गाउमा रहेको छायानाथ मन्दिरमा पनि पुजापाठको लागि भक्तजन जाने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार