काठमाडौं – साउनको तेस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्न दर्शनार्थीहरुको घुइचो लागेको छ ।बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । बेलुकी साझ सम्म मन्दिरमा भक्तजनको घुइचो लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चान्द्रमास अनुसार आज श्रावणको पहिलो सोमबार भएकाले पनि भक्तजन विगतका दुई सोमबार भन्दा भक्तजनले दर्शन गरेका छन । दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । साउने झरीको सिमसिमे झरीलाई पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपति मन्दिरमा दर्शनको लागि घुइचो लागेको छ । पहिलो र दोस्रो सोमबार भन्दा आजको सोमबार पशुपतिनाथमा दर्शनार्थीहरु बढी रहेको पाइएको छ ।