शनिबार, कार्तिक ८, २०८३
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • समाज
  • कर्णालीबाट पत्रकारितामा विद्यावारिधि गर्ने डा.एलपी देवकोटा सम्मानित

कर्णालीबाट पत्रकारितामा विद्यावारिधि गर्ने डा.एलपी देवकोटा सम्मानित

  • शनिबार, कार्तिक ८, २०८३
कर्णालीबाट पत्रकारितामा विद्यावारिधि गर्ने डा.एलपी देवकोटा सम्मानित

जुम्ला —साविक कर्णाली क्षेत्रबाट पत्रकारिता विषयमा पहिलो पटक विद्यावारिधि (पीएचडी) हासिल गर्न सफल डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मान गरेको छ।

चन्दननाथ नगरपालिका १० निवासी डा. देवकोटालाई खस साहित्य समाजले एक विशेष समारोहका बिच दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मानित गरेको हो। डा. देवकोटा खस साहित्य समाजका संस्थापक सदस्य समेत हुन्।

पत्रकारिता क्षेत्रमा उच्च शिक्षा हासिल गरी साविक कर्णाली क्षेत्रकै गौरव बढाएको भन्दै समाजले उनलाई सम्मान पत्र प्रदान गरेको हो। सम्मान पत्रमा जुम्लाबाट पत्रकारिता विषयमा विद्यावारिधिको उपाधि हासिल गरेकोमा बधाई ज्ञापन गर्दै खस भाषा, खस साहित्य, खस समाज तथा खस सभ्यताको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ।

लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय डा. देवकोटाको यो उपलब्धिले सिङ्गो कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। खस साहित्य समाजले कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानका रजिष्टार प्रकाशचन्द खत्रीलाई पनि सम्मान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार