मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • News
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी, देश ठूलो संकटतर्फ उन्मुख हुदैछ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी, देश ठूलो संकटतर्फ उन्मुख हुदैछ

  • आइतवार, कार्तिक १६, २०८३
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी, देश ठूलो संकटतर्फ उन्मुख हुदैछ

काठमाडौ —पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख हुँदै गएको उल्लेख गरेका छन । भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले गर्दा देश ठूलो संकट उन्मुख भइरहेको बताएका छन ।

डा भट्टराईले सामाजिक सञ्जालमा सत्ताधारी तथा प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था गम्भीर भएको टिप्पणी गरेका छन ।

डा बाबुराम भट्टराईले यस्तो छ लेखेको

देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ!
अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन!
सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं!
सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं

 

चर्चामा

सम्बन्धित समाचार