शनिवारिय कविता,माईतीघर मण्डेला आँसुको साक्षी
जहाँबाट छुट्छन् बाटाहरू, काठमाडौँ, ललितपुर र भक्तपुरतिर, जहाँ भेटिन्छन् हजारौँ पाइला, आशा, विश्वास र सपनाका लहर, त्यहीँ उभिएको छ माईतीघर मण्डेला, इतिहास बोकेको एउटा मौन सहर। पूर्वतिर हेर्छ—संसद् भवन, जहाँ जनताको आवाज गुन्जिनुपर्ने हो, जहाँ गरिबको आँसु पुछ्ने कानुन र न्यायको दीप बल्नुपर्ने हो। उत्तरमा सिंहदरबार उभिएको छ, जहाँबाट देशको शासन चल्छ, त्यहीँ नजिकै सर्वोच्च […]