मुगु– लामो समय देखि साविको कर्णाली क्षेत्रका पहाडी जिल्लामा बर्षा नहुदा खडेरीले बनपाखा जलेर उराठ लाग्दो भएका छन भने पानीका मुहान सक्दै जान थालेका छन । हुम्ला, मुगु, जुम्ला, कालिकोट लगायत जिल्लामा खडेरीले काकाकुल बनाएको छ । गत पुस देखि नै बर्षा र हिमपात नहुदा उक्त क्षेत्रमा खडेरीले बनपाखा जलेका छन भने परम्परागत पानी मुहान सुक्दै जान थालेपछि स्थानीय संकटमा पर्न थालेका छन । गत पुस महिना देखि नै हिमपात र बर्षा नहुदा खडेरीले काकाकुल बनाएको स्थानीयको भनाई छ । खडेरीले बन पाखा जलिसके पानीका मुहान सुकिसके मुगु सोरु गाउँपालिका फोतु गाउका चाउरे कामीले बताए । उनले भने खडेरीले अन्नवाली लगाउने के कुरा पिउने पानी पनि सुकिसक्यो । खडेरीले बनपाखामा रुख पनि सुकिसके खोलाको पानी सुकेर रोपाई गर्न नसकिने अबस्था आइसक्यो उनले सुनाए । सिंचित भएको स्थानमा बोट बिरुवा हरियो देखिएपछि ८५ प्रतिशत जमिनको भू–भाग खडेरीले बनपाखा सखाप बनाएको छ ।
खडेरीले भोकको पीर
खडेरीले अन्नबाली लगाउन नसकिने अबस्था उत्पन्न हुन थालेपछि स्थानीयलाई भोकमरी पीर पर्न थालेको छ । खडेरीले जौ गहुँ बाली राम्रो भएन हुम्ला सर्केगार्ड गा“पालिका जैर गाउ“का धनमल बुढाको भनाई छ । असार लाग्न थालिसक्यो बर्षा हुदैन उनले भने अब कहिले बाली लगाउने । खडेरीले परम्परागत पानीका मुहान पनि सक्दै गएको बुढाले बताए
मुगु, र हुम्लामा गत पुस देखि नै बर्षा र हिमपात नहुँदा खडेरीले बनपाखा देखि खेतबारी उराड लाग्दो देखिएको छ । हुम्लाको तल्लो क्षेत्रका स्थानीय खडेरी बाट बढी प्रभावित भएका छन ।
मुगु सोरु गाउँपालिकाको भीई, नार्थपु, जिमा, सोरुकोट, बन्जाहा पुरुमुरु, फोतु, सिप, बुम्च लगायत बस्तीमा स्थानमा खडेरील पानीका मुहान सक्न थालेपछि स्थानीय चिन्तित भएका छन । करिव ३ सय भन्दा बढी घरधुरी रहेको भीईमा यति बेला खानेपानीको चरम सकट देखा परेको छ । खडेरीले पानीका मुहान सुकेपछि पानीको चरम संकट उत्पन्न भएको वडाअध्यक्ष सिहबहादुर धामीले बताए । एक गाग्री पानी भर्न ३ घण्टा पालो कुर्नु पर्ने अबस्था आएको उनको भनाई छ । सोही गाउ“पालिको फोतु बस्तीमा पनि पानी मुल सक्दै गएका छन ।
संकट चौपाय बस्तु
खडेरी बनपाखाको घाँस जलेर सखाप भएपछि स्थानीयका चौपाय बस्तु बचाउन मुश्किल हुन थालेको छ ।
बनमा घाँस नपाइने र घरमा पनि घाँस नभएपछि गाई भैसी भेडाबाख्रा भोकले मर्न थालेपछि स्थानीय चिन्तित भएका छन ।
खडेरीले बन घास छैन घर खुवाउने पराल पनि छैन गहु सुको नल खुवाएर गोरु बचाउन मुश्किल भएको हुम्ला तुम्च गाउ“की सागर देबि बमले बताइन । यो बर्ष खडेरीले धान रोप्न पनि गाह्रो हुन उनको भनाई छ । बनपाखामा पानीका मुल सक्दै गएपनि घरपालुवा चौपाय बस्तु देखि बन्यजन्तुलाई मुश्किल भएको स्थानीयको भनाई छ ।
खडेरीले बिमारी
बर्षा नहुदा सुक्खा धुलोले गाउ“बस्तीमा ज्वरो टाइफाइट, झाडापखालाले स्थानीय बिरामी पर्न थालेका छन । घामले गाउ“मा मानिस बिरामी पर्न थालेको मुगु सोरु गाउ“पालिका ४ का अंग शाहीले भने दुई तीन दिन सम्म ज्वरो आएर बिरामी पर्न थालेका छन ।
घटयो कर्णाली नदीको बाहब
खडेरीले मुगु कर्णाली नदी सुक्दै जान थालेपछि स्थानीय ढंग परेका छन ।हिमपात र बर्षा नहुँदा हिमाल बाट बगेर आउने हिमनदी सुक्दै जाँदा मुगु कर्णाली नदीको सतह यो पटक दुई तिहाइ घटेको छ । नदीको सतह घटेपछि बगर छेउका स्थानीय पानी बाटै वारपार गर्न थालेका छन ।
सिमित स्थानीय मात्र नभएर गाई भैसी, चौरी, घोडा समेत नदीमा हिडेर वारिपारि चर्न जान थालेका छन । खडेरी मुगु कर्णाली नदी सुक्दै गइसक्यो माग्री गाउँका ७७ बर्षिय छेवाङछोक्याप तामाङले बताए । हिमपात र बर्षा नहुँदा नदी सुक्न थालेको उनको भनाई छ ।पानीले बगाउला भनेर पहिले नदीको किनारमै जान डर लाग्थो छेवाङछोक्यापले भने हिजोआज पानी बाटै वारिपारि तर्न सकिने भइसक्यो ।
मुगु कर्णाली नदीको सतह घटदै जाँदा लुम्स, रिउस, पूलु, माग्री, रुगा, सुम्ली, सिप, तारापानी, कुलाहा लगायत दर्जन भन्दा बढी बस्तीका स्थानीय प्रभावित हुन थालेका छन । खडेरी हिमाल सुक्खा भई माझिङथाङ नदी र कोइजी हिमाल नदीको पानी घटेपछि मुगु कर्णाली सुक्न थालेको छ । नदीमा सिसिने अरु खारखोला, सिरानचौर खोला, रिउसखोला, च्याप्नेगार्ड, लुम्सखोला, गोदेगार्ड लगायत एक दर्जन भन्दा बढी खोलामा पानीका मुहान घटेपछि कर्णाली नदीमा असर परेको छ ।