सोमवार, असार ८, २०८३
सोमवार, असार ८, २०८३
  • होमपेज
  • समाज
  • मुगु भीई गाउँका स्थानीय एक गाग्री पानी भर्न धारोमा रातभर लाइन

मुगु भीई गाउँका स्थानीय एक गाग्री पानी भर्न धारोमा रातभर लाइन

  • आइतवार, असार ७, २०८३
मुगु भीई गाउँका स्थानीय  एक गाग्री पानी भर्न धारोमा रातभर लाइन

मुगु —सोरु सोरु गाउँपालिका ३ की भीई गाउँका २ सय ८० ७७ परिवारलाई खाने पानीको हाहाकार मच्चिएको छ । एक गाग्री पानी भर्न महिला पुरुष रातभर लाइन बस्ने थालेका छन खडेरीले पानीको मुहान सुकेपछि भीई अन्त्र्रगत भामगाउ“, भिदगाउ ठूलागाउ काटिगाउ बैनागाउ कोसेडीगाउ लगायत ८ वटा बस्तीका २ सय ८० परिवारलाई यति बेला एक गाग्री पानी पाउन मुश्किल भएको छ ।
करिव १५ बर्ष अघि आइएनएफ नेपाल संस्थाले ९ किलोमिटर टाढा अडिनामुहान बाट पाइपद्धारा भीई गाउ“मा ल्याइएको पानी भीषण बर्षाले तहसनहस भएको र गाउँका अन्य स–साना पुराना पानीका कुवा मुहान पानी खडेरी सुक्दै गएपछि सिंगो भीई गाउ“मा अहिले पिउने पानीको संकट छ ।
कुवाको तिरतिरे पानीमा २ सय ८० परिवारलाई एक गाग्री भर्न राभतरि पालो कुर्नु पर्ने अबस्था छ स्थानीय महिला हजारी कुमालले दुखेसो सुनाउदै । उनले भनिन अन्नबालीको त के कुरा एक चर्कीन पानी पाउन मुश्किल छ । गाउको तीरतिरे धारोमा पानी पर्न स्थानीयको हुल देखिने गरेको छ कसैकोे धारोमै रात बित्ने गरेको ।
खडेरीले पानीको हाहाकार भयो भीई भाम गाउका खडकराज बुढाले भने एक गाग्री पानी भर्न राभभरी लाइन बस्नु पर्ने अबस्था छ । उनले भने गाउका सबै पानीको मुहान सुकिसके पानीकै कारणले बिस्थापित हुने अबस्था उत्पन्न भइसक्यो ।
गाई भैसी भेडाबाख्रा खच्चर लाई पानी खुवाउन निकै कठिन उत्पन्न भएको स्थानीयको भनाई छ । पानीको संकटले गाउ“ छोडेर भाग्नु पर्ने अबस्था आइसक्यो स्थानीय महिला जानसरा कुमालले भनिन खाने अन्न र रोग ब्यथाको भन्दा पिउने पानीको चिन्ताले पिरोल्न थालेको छ ।
भीई ८ वटा गाउ“मा पानीको ठूलो संकट उत्पन्न भइसक्यो वडाअध्यक्ष सिहबहादुर धामीले सुनाए । टाढा बाट पानी ल्याउन बजेट छैन उनले भने अब एउटा मात्र बिकल्प भनेको तल हुम्ला कर्णाली बाट लिफट बाट पानी ल्याए मात्र सहज हुने अबस्था छ । उक्त लिफट पानी खाने आयोजनाको लागि स्थानीयले संघ र प्रदेश सरकार संग माग गर्दै आएपनि कार्यन्वयन नहुदा चिन्तित छन ।

सोरु गाउँपालिकालाई लक्षित नेरखोला बाट संचालन गरिएको बृहतखानेपानी आयोजना अलपत्र पारिएको वडाअध्यक्ष धामीले भने हामी पानी आउला भनेर आसा लाग्यो आखिर अहिले योजनानै अलपत्र पारियो । फोटो दान बुढा 

चर्चामा

सम्बन्धित समाचार