सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • समाज
  • डोल्पा जगदुल्ला गाउँपालिकामा बाढीले एक महिलाको मृत्यू ६ जना घाइते

डोल्पा जगदुल्ला गाउँपालिकामा बाढीले एक महिलाको मृत्यू ६ जना घाइते

  • आइतवार, असार २१, २०८३
डोल्पा जगदुल्ला गाउँपालिकामा बाढीले एक महिलाको मृत्यू ६ जना घाइते

मुगु —कर्णाली प्रदेश अन्त्र्रगत हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा बाढीले एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार बिहान  ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा हिलोमाटोसहितको बाढी गाउँमा पसेपछि घरमै सुतिरहेकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अनिलराज गिरीले जानकारी गराउनु भयो । बाढीमा घाइते भएकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाई छ ।

बाढीमा परी ६ जना घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।
घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार