मुगु —संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ आज बाट ७१ औँ वर्षमा प्रवेश गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि काम गरेको बताएकी छन । अध्यक्ष शर्मालृ महासंघले लामो समय देखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको अध्यक्षले बताइन ।
संचारकर्मीहरुको पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जाहेर गरेकी छन । अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल समेत गरेकी छन । महासंघको ७१ औं बर्ष स्थापना दिनेको उपलध्यक्षमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले प्रभावफेरी रयाली गरेको छ । त्यसै गरि महासंघका देशभरका जिल्ला शाखाहरुले पनि स्थापना दिवश मनाएका छन । जुम्ला पत्रकार महासंघले स्थापना दिवशको अबसरमा सुत्केरी महिलालाई फलफुल समेत बितरण गरेको छ ।