शनिबार, चैत्र २८, २०८२
शनिबार, चैत्र २८, २०८२
  • होमपेज
  • समाज
  • प्राकृतिक सुन्दरताको काखमा ओझेलिएका राराका महादेब

प्राकृतिक सुन्दरताको काखमा ओझेलिएका राराका महादेब

  • शनिबार, चैत्र २८, २०८२
प्राकृतिक सुन्दरताको काखमा ओझेलिएका राराका महादेब

मुगु —स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालको नीलो कञ्चन पानी र वरपरको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउँछ । तर, यही तालको किनारा वरपर रहेका शताब्दीयौँ पुराना ऐतिहासिक महादेव मन्दिरहरू भने उचित संरक्षण र मर्मत सम्भारको अभावमा जीर्ण छन ।
रारा तालको किनार र आसपासका क्षेत्रमा लागुडा महादेव, दोफे महादेव, छाप्रु महादेव, वनकाली महादेव र ठाकुरज्यूको मन्दिर जस्ता धार्मिक धरोहरहरू रहेका छन् । उक्त मन्दिरहरूको संरचना भत्किने अवस्थामा पुगेको छ भने कतिपय देवलहरू झारपातले पुरिएको स्थानीयको भनाई छ

बिस २०३२ मा रारा राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि रारा र छाप्रु बस्तीका मानिसहरूले यी मन्दिरहरूको रेखदेख र नियमित पूजाआजा गर्थे । बिस २०३५ सालमा सो बस्तीलाई बाँके बाभर ठाउमा स्थानान्तरण गरिएपछि मन्दिरहरू संरक्षक बिहीन बनेका छन ।

पहिले हाम्रा पुर्खाहरूले यी मन्दिरमा ठुलो मेला लगाउँथे र संरक्षण गर्थे रारा छाप्राका एक स्थानीयले भने अहिले निकुञ्जले प्राकृतिक संरक्षणमा मात्र ध्यान दियो, हाम्रा ऐतिहासिक आस्थाका केन्द्रहरू भने खण्डहर बन्दै गएका छन । जीर्ण संरचनास् मन्दिरका ढुङ्गा र काठका बुट्टाहरू कुहिएका र भत्किएका छन ।

छानोबाट पानी चुहिने समस्याका कारण मूर्तिहरू समेत असुरक्षित छन । प्रचार(प्रसारको अभावस् पर्यटकहरू राराको फोटो खिच्न र घुम्न मात्र आउँछन्, तर यहाँको प्राचीन सभ्यता र धार्मिक महत्त्वबारे उनीहरूलाई जानकारी नै हुँदैन । ्
पुरातत्व विभागको ध्यान नपुग्दा यी प्राचीन सम्पदाहरू लोप हुने खतरा बढेको मुर्मा गाउका स्थानीय बिर्ख रोकाया सुनाउछन । रारालाई केवल प्राकृतिक गन्तव्य मात्र नबनाई धार्मिक पर्यटन केन्द्रका रूपमा पनि विकास गर्न सकिने रोकायाको भनाई छ ।

ताल वरपर रहेका महादेवका मन्दिर, चमेरो गुफा र शिव(पार्वती गुफा जस्ता स्थलहरूको उत्खनन र जिर्णोद्धार गर्ने हो भने धार्मिक पर्यटकहरूको बसाई लम्ब्याउन सकिने पर्यटन ब्याबसायिको भनाई छ । सम्बन्धित निकायले यिनी ऐतिहासिक महादेव मन्दिरहरूको संरक्षणमा ध्यान हराउदै जाने सम्भावना रहेको छ ।रारा बाट मुगुको प्रशिद्ध तिर्थस्थल छायानाथको पनि दर्शन गर्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार