शुक्रबार, बैशाख १८, २०८३
शुक्रबार, बैशाख १८, २०८३
  • होमपेज
  • समाज
  • स्वयम्भू बौद्धनाथमा श्रद्धालु भक्तजनको घुइँचो

स्वयम्भू बौद्धनाथमा श्रद्धालु भक्तजनको घुइँचो

  • शुक्रबार, बैशाख १८, २०८३
स्वयम्भू बौद्धनाथमा श्रद्धालु भक्तजनको घुइँचो

काठमाडौ– २५७० औ बुद्ध जयन्तीका अवसरमा आज बिहानै देखि स्वयम्भूनाथ र बौद्धमा पुजा आराधनाको लागि श्रद्धालु भक्तजनको घुइचो लागेको छ । सिमित बोद्ध र स्वयम्भूमा मात्र नभएर बिभिन्न क्षेत्रका बौद्ध गुम्बामा श्रद्धालुको भीड देखिएको छ । बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । स्वयम्भू र बौद्धनाथ क्षेत्रमा श्रदालुहरुले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना गरि मनाइन्छ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार