शनिबार, जेष्ठ ९, २०८३
शनिबार, जेष्ठ ९, २०८३
  • होमपेज
  • समाज
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ऊनको स्वीटर उत्कृष्ट, विपिन, जसिता र पल शाहलाई अवार्ड

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ऊनको स्वीटर उत्कृष्ट, विपिन, जसिता र पल शाहलाई अवार्ड

  • शनिबार, जेष्ठ ९, २०८३
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ऊनको स्वीटर उत्कृष्ट, विपिन, जसिता र पल शाहलाई अवार्ड

काठमाडौ —तेस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव २०८३’ मा चलचित्र ऊनको स्वीटरले सर्वाधिक अवार्ड हात पार्न सफल भएको छ । शनिबार राजधानी भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा आयोजित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अवार्ड समाोहमा नवीन चौहानद्वारा निर्देशित सिनेमा ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्र सहित दुई विधामा अवार्ड जित्न सफल भएको छ ।

ऊनको स्वीटर‘उत्कृष्ट फिचर फिल्म’ घोषित भयो भने सोही चलचित्रबाट मुख्य कलाकार विपिन कार्कीले ‘उत्कृष्ट अभिनेता’ र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । त्यसै गरि चलचित्र ‘जेरी अन टप’बाट जसिता गुरुङले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्राप्त गरिन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड प्रदान गरिएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी गराए ।

तेश्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक चन्दका अनुसार कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको बताउनु भयो । त्यसै गरि कर्णाली भिजनरी अवार्डबाट प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्मानित गरिएको चन्दले भने अभिनेत्री जसिता गुरुङले आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी ब्यक्त गरेकी उनको भनाई छ ।

सोही महोत्सवका सल्लाहकार तथा मध्यपश्चिम विश्व बिद्यालय पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो ।

निर्देशक चन्दले ओझेलमा परेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वसामु चिनाउने जर्मको गरेको बताउनु भयो । आफुले पनि बिस्तार अनुभव लिएर सिक्दै गरेको उनको भनाई छ ।
अवार्ड बितरण समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्देशक÷निर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त, लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार