शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाज
  • मुगु सोरु रावलबाडा गाउँका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा

मुगु सोरु रावलबाडा गाउँका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा

बर्खा लागेपछि दलित परिवार रातभरि जागराम

  • शुक्रबार, असार १९, २०८३
मुगु  सोरु रावलबाडा गाउँका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा

मुगु —सोरु गाउँपालिका स्थित वडानं ४ रावलबाडा गाउँका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा छन । हुम्ला कर्णाली नदीले बर्षेनी गाउँको तल बाट कटान गर्दै लगेपछि जमिन भासिदै जाँदा माथि रहेका ३५ दलित परिवारका घर सहित खेतीयोग्य जमिन जोखिम अबस्था परेका छन । उक्त रावलवाडा गाउ“को वरिपरि दुबै तर्फ बाट माथि बाट खहेरे बाढी पहिरो आउन थालेपछि बर्खाको समयमा दलित परिवार जागराम बस्न बाध्य छन ।

पहिराले दलितका ३५ घर उच्च जोखिम रहेको रावलबाडा गाउँका जाड नेपालीले बताए । गाउ“को मुनीतर बाट पनि पहिरो वरिपरि दुई तर्फ बाढ पहिरो आउने गरेपछि बर्खा लागेपछि जागराम बस्ने गरेको उनको भनाई छ ।
बर्षेनी तल बाट जमिन भासिदै जाँदा पहिरो गाउँ सम्मै पुग्ने थालेपछि दलित परिवारले पुख्र्यौली घर छोडेर वरपर सर्न थालेका छन ।

रावलबाडा गाउँको मुनितिर बाट पनि जमिन भासिदै गएको र गाउँको वरिपरि तर्फ पनि खहरे खोलाले जमिन कटान गर्न थालेपछि ३५ दलित परिवारको बिचल्ली हुने अबस्था आएपनि अर्को बिकल्प नहुदा जोखिम सहेर बस्न बाध्य छन ।
गाउँ बग्न थालि सक्यो रावलबाडा गाउँका बिर्जन नेपालीले भने अन्त जाने ठाउँ छैन भगवानको भरोसाले बस्नु परेको छ तल बाट जमिन बग्न थालेपछि धान गहुँ उत्पादन हुने खेतीयोग्य जमिन चिरा परेर गइसक्यो
अर्कोतिर गुल्मा सिचाई आयोजनाको नहर निर्माण कार्यले पनि रावलबाडा गाउँ उच्च जोखिममा पारेको छ ।

गाउँको मुनितिर बाट हुम्ला कर्णाली नदीको पानी गुल्मा ज्यूला सिचाईको लागि लैजान नहर निर्माणले गर्दा रावलबाडा गाउँ पहिरोको जोखिममा परेको स्थानीयको भनाई छ । जोखिम गाउँ अन्यत्र सारेर ज्यानको सुरक्षा गरि दिन दलित परिवार सरकार सित बारम्बार आग्रह गर्दै थकित भएका छन ।

गाउँका दानसिह नेपाली भन्छन नेता गाउँमा आए पछि बस्ती सारि दिन्छौ बजेटको ब्याबस्था गर्छौ भन्छन डाडाकाटी गएपछि गएपछि बिर्सिन्छन । भोट माग्ने बेला नेताहरुमा हामीलाई सम्झिदै आउछन जीतेपछि कुरा पनि सन्दैनन उनको दुखेसो छ पहिरो त्रासले गर्दा अधिकास दलित परिवार गाउँ छोडेर पलायन हुनु पर्ने अबस्था आएको बुद्धिसिह नेपालीले बताए । उनले भने हाम्रो निम्ति सरकार रहेनछ ।

चर्चामा

सम्बन्धित समाचार