सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • समाज
  • मुगु–हुम्ला सिमा क्षेत्रमा रहेका दुधे दह बारे मेरो धारणा

मुगु–हुम्ला सिमा क्षेत्रमा रहेका दुधे दह बारे मेरो धारणा

  • सोमवार, असार २२, २०८३
मुगु–हुम्ला सिमा क्षेत्रमा रहेका  दुधे दह बारे मेरो धारणा

मुगु र हुम्लाको सीमाक्षेत्र, विशेषगरी चंखेली हिमाल आसपास रहेको दुधे दहलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दाबी र टिप्पणीहरू सार्वजनिक भइरहेका बेला स्थानीय सरोकारवालाहरूले यस विषयलाई डिजिटल नक्सा वा गुगल म्यापको भरमा निष्कर्षमा नपु¥याउन मेरो आग्रह छ ।
स्थानीयहरूको भनाई र हाम्रो बुझाई अनुसार चंखेली हिमाल आसपासको क्षेत्रमा दुधे दह, धर्म कुण्ड, राक्षस कुण्ड, कृष्ण कुण्ड, सुनी दह, बैदार कुण्ड, भाम कुण्ड लगायत दर्जनौँ प्राकृतिक दह, कुण्ड र तालहरू रहेका छन्। यी सम्पदाहरू कुनै एक जिल्लाको मात्र नभई सम्पूर्ण राष्ट्रका साझा प्राकृतिक सम्पत्ति भएकाले विवाद भन्दा संरक्षण, सद्भाव र सहकार्यलाई प्राथमिकता दिनु म सबैलाई आग्रह गर्दछु । यिनी ताल कुण्डा देवस्थल तिर्थभूमि पनि हुन ।

स्थानीय समुदायका अनुसार सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले यसको समाधान गुगल म्याप, अनौपचारिक डिजिटल नक्सा वा सामाजिक सञ्जालमा फैलिएका सूचनाका आधारमा होइन, नेपाल सरकारका आधिकारिक नक्सा, नापी विभागका अभिलेख, ऐतिहासिक सीमाङ्कन, वास्तविक भूगोल, परम्परागत प्रयोग तथा मुगु र हुम्लाका स्थानीय समुदायबीच लामो समयदेखि कायम रहेको आपसी समझदारीलाई आधार बनाएर समस्या समधान खोजिनु पर्छ । स्थानीयतहले पनि यस बिषयमा गहिरो त्थ्यका आधारमा अध्यायन गरेर निकास निकाल्दा उचित हुन्छ ।

त्यसैले सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधि, नापी तथा प्रशासनका अधिकारी, बुद्धिजीवी र दुवै जिल्लाका स्थानीय समुदायको सहभागितामा निष्पक्ष अध्ययन गरी तथ्य र प्रमाणका आधारमा न्यायोचित समाधान गरियोस् ।
हाम्रो उद्देश्य विवाद सिर्जना गर्नु होइन । सत्य–तथ्यको सम्मान गर्दै मुगु र हुम्ला बीचको छिमेकी सद्भाव, एकता र सहकार्यलाई अझ बलियो बजबुद बनाउनु नै हाम्रो चाहना हो ।
उनीहरूले संवेदनशील विषयमा अफवाह, अनुमान वा सामाजिक सञ्जालमा आधारित अपुष्ट सूचनालाई आधार बनाएर भ्रम फैलाउने कार्यबाट सबैलाई सचेत रहन पनि मेरो अनुरोध गर्दछु ।

साथै, आधिकारिक तथ्य, वास्तविक भूगोल, ऐतिहासिक प्रमाण र स्थानीय समुदायबीच सहमति सहकार्यका आधारमा मात्रै यस विषयको दीर्घकालीन र न्यायोचित समाधान सम्भव हुनेछ भन्ने बिश्वास लिएको छु । सद्भाव, सत्य र सहकार्य नै हाम्रो साझा शक्ति र पहिचान हो ।

लेखक महेन्द्र  मल्ल  नेपाली कला सांस्कृति प्रतिष्ठानका उपाध्यक्ष हुन ।।

चर्चामा

सम्बन्धित समाचार