सोमवार, साउन ४, २०८३
सोमवार, साउन ४, २०८३
  • होमपेज
  • समाज
  • रजैबैना लेकतिरको सेरोफेरो

रजैबैना लेकतिरको सेरोफेरो

  • आइतवार, साउन ३, २०८३
रजैबैना लेकतिरको सेरोफेरो

मुगु सोरुकोट  – मुगु जिल्ला सदरमुकाम गमगढी देखि सोरुकोट पुग्न सवारी साधन बाट ३ घण्टा  लाग्छ । सोरुकोट देखि एक घण्टा जंगलको उकालो चढेपछि रमणीय रजैबैना लेक पुगिन्छ । उक्त लेक पर्यटकिय हिसावले अत्यन्तै महत्वपूर्ण सुन्दरताले भरिपूर्ण भएपनि प्रचार प्रशारको अभावले पर्यटक पुग्न सकेका छैन ।

साउन देखि भदौ १५ सम्म रजैबैना लेकमा पुरुमुरु गाउँका स्थानीयले गाई भैसी चराउने खर्कको रुपमा प्रयोग गर्ने गरेका छन ।
पहिले यो रजैबैना लेकमा दुई दिन सम्म गाबे सक्राति मेला लाग्ने र उक्त मेलामा सोरु गाउँपालिका भरिका महिला पुरुष बुढापाका युवायुवती देउडा खेल्न जाने भएकोले यस ठाउँलाई रजैबैना लेक नाम राखिएको स्थानीय बताउछन ।
चौर वरपर तलमाथि गोठालाको खरकहरु देख्न पाइन्छ ।गोठाला गएका महिला पुरुष केटाकेटी गाई भैसी चराउदै आफनै धुन रमाउने गरेको दृष्य देख्न पाइनछ । सोरुकोट बाट रजैबैना जान जंगल बाट भएर जानु पर्छ । बाटोको यात्रा पनि निकै रमाइलो हुने गरेको छ । चराहरुको आवाज सुनिने गरेको छ ।

रजैबैना लेक बाट सोरु गाउँपालिकाको धैनकोट, खनाया, सिडडी, कालै, सोरुकोट, भीई सिप, तारापानी बस्ती देख्न पाइन्छ । उक्त लेक बाट हुम्ला अदानचुली गाउँपालिकाको केही बस्ती समेत देखिन्छन । बिदाको दिन सोरु गाउँपालिकाका कर्मचारी रजैबैना लेकमा उक्लिएर रमाउने गरेका छन । रजैबैना लेकतिर मिठो खिर पाइनछ । दही दुध पनि खान पाइन्छ ।

पर्यटकिय स्थल रारा, जिमा कुलाहा तारापानी र रजैबैना लेक सम्म पर्यटकिय पदमार्ग जोडने सके आन्तरिक तथा बाहय पर्यटक घुम्ने थलोको रुपमा रजैबैना लेक प्रयोग हुने स्थानीयको भनाई छ । रजैबैना लेक बाट भीई दोमुख सम्म पुग्न सकिन्छ । उक्त लेक बाट संचार नेटवर्कले पनि काम गर्ने भएको हुदा घुम्न जाने आन्तरिक पर्यटकलाई फोन गर्न सजिलो छ । रजैबैना लेकको आकासमा गिद्धहरु फनफनी घुमिरहेको दृष्यले झनै रमाइलो देखिन्छ ।लेक बाट तल मुगु कर्णाली नदी देखिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार