काठमाडौ —नेपाली कांग्रेसका पूर्व सभापति एबं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गर्नुभएको छ
बिहिबार साँझ एक बक्तब्य जारी गर्दे देउवाले भन्नुभएको छ हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो।
केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ देउवाको भनाई छ ।
उहाका अनुसार हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो।
देउवाले बक्तब्यमा भनेका छन म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।
यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु उहाको भनाई छ ।
देउवाले बक्तब्यमा भनेका छन साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु।