काठमाडौ —नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा आयोजित चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने मूल नाराका साथ प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्लको अध्यक्षतामा शुक्रबार काठमाडौ स्थित अनामनगर सो कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको संघीय सरकारका पूर्वमन्त्री माधव चौलागाईं रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री चौलागाईले हाम्रो मौलिक कला, संस्कृति र परम्परा नै नेपाली पहिचानका मेरुदण्ड भएको बताउनु भयो । आधुनिकताको नाममा आफ्नो संस्कृति बिर्सिँदै जानु दुःखद हो त्यसैले प्रतिष्ठानले नयाँ पुस्तामा सांस्कृतिक चेतना फैलाउन आबश्यक रहेको उहाको भनाई छ ।
कर्णाली क्षेत्रको कलासास्कृतिलाई संरक्षण र प्रर्बद्धन गर्न जरुरी रहेको पूर्व मन्त्री चौलागाईले भने यो प्रतिष्ठानले कुनाकन्दारामा ओझेलमा परेका कलासांस्कृति उजागर गर्न आबश्यक छ ।
त्यसैगरी विशेष अतिथिका रूपमा सडक डिभिजन कार्यालय साफेबगर, अछामका डिभिजन प्रमुख, इन्जिनियर बलिराज मल्ल तथा प्राज्ञ परिषद् सदस्य एवं कर्णाली कलाकार प्रतिष्ठानको लोकसंगीत विभाग प्रमुख तथा अध्यक्ष, लोकप्रिय गायिका टीका पुनको उपस्थिति रहेको थियो ।