शनिबार, साउन ३०, २०८३
शनिबार, साउन ३०, २०८३

शनिबारिय कोशेली गजल

  • शनिबार, साउन ३०, २०८३
शनिबारिय कोशेली गजल

एउटा यस्तो रहर बनाउँन पाए हुन्थ्यो,
कल्पनाको सहर बनाउँन पाए हुन्थ्यो ।

मन शान्त, शीतल र प्रेमिल हुन्थ्यो होला,
चन्द्रमामा एउटा घर बनाउँन पाए हुन्थ्यो ।

नहोस् पीडा, घृणा र द्वेषको छायाँ,
मायाले मुस्काएको नगर बनाउँन पाए हुन्थ्यो ।

हर दिन आशाले फुलिरहून् बगैँचामा,
बिरानो नलाग्ने डगर बनाउँन पाए हुन्थ्यो ।

तिमी र म मात्र होइन, सबै हाँसून् सँगसँगै,
दुनियाँलाई प्रेमको अवसर बनाउँन पाए हुन्थ्यो ।

लेखक  बेगम थापा निश्चल

चर्चामा

सम्बन्धित समाचार