काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्।
सभापति लामिछाने तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि बिहीबार भारततर्फ प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र असमको गुवाहाटीस्थित कामाख्य मन्दिर जाने कार्यक्रम छ ।