काठमाडौ —बिजयादशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। दसैंका दिन टीका लगाउन नभ्याएका तथा छुटेका आफन्त र परिवारजनले आज पनि एकअर्काको घरमा पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम जारी राखेका छन ।
दसैंका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ । दसैँलाई परिवारका सदस्य तथा लामो समयदेखि भेटघाट हुन नसकेका आफन्तबीच पुनर्मिलन हुने विशेष अवसरका रूपमा पनि लिने गरिन्छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिन्छ ।