शनिवारिय कविता,म कालो बोर्डको उज्यालो सपना हुँ
म गुरु हुँ — विद्यार्थीको हात समाएर भविष्य लेखिदिने, भित्तामा टाँसिएको अक्षरजस्तै स्थिर, तर भित्रभित्रै आँधी झैं चलायमान। म पर्खालमा टाँसिएको सरकारी सूचना हुँ, जसले भन्छ — “तलब साउनदेखि रोकिएको छ“, तर म भने भोकभित्र शिक्षाको दीप जलाइरहेछु। म गाउँको त्यो पुरानो स्कुल हुँ, जहाँ आँपको बोट मुनि म पढाउँछु गणित, अनि वर्षा लागेपछि भिज्दै […]