शनिबारिय कविता, बिद्यालय कार्यालय सहयोगी
बिहानको पहिलो उज्यालो अझै क्षितिजको आँखामा निद्रा बाँकी हुँदा, एउटा मान्छे सूर्यभन्दा पहिले विद्यालय पुग्छ। उसको हातमा चाबीको गुच्छा हुन्छ, तर आफ्नै भाग्यको ढोका भने वर्षौंदेखि बन्द छ। ऊ विद्यालयको पहिलो पाइला हो, अन्तिम छायाँ पनि। सबै आउँछन्, सबै जान्छन्, ऊ मात्रै समयको चौकीदार बनेर घडीसँगै बुढो हुँदै जान्छ। उसले झाडु चलाउँदा धुलो मात्र उड्दैन— […]